काठमाडौं ४ : गगन थापा हैन अब स्वतन्त्रको सरकार

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हेम बोम्जनले घण्टाघर चुनाव चिन्ह पाएका छन् ।

काठमाडौं महानगरपालिका ११ कपनबासी ३४ वर्षीय हेम बोम्जन कृषिलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

कृषिलाई आधुनिकिकरण गरेर मात्रै दिगो आर्थिक विकास सम्भव हुने उनको विश्वास छ ।

भारतमा कृषिको नै अध्ययन गरेर आएका उनी चुनाव जितेपछि कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर नीतिगत काम गर्ने योजना सुनाउँछन् ।

कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएका बोम्जोनले कृषिमा मुलुकलाई आत्मनिर्भर गराउँदै परनिर्भर अन्त्य गर्ने एजेण्डा पनि सुनाएका छन् । बोम्जन लामो समयदेखि घरदैलो अभियानमै छन् ।

चुनाव चिन्ह पाएपछि उनले भनेका छन्, ‘यहि चुनाब चिन्ह प्रतीक्षा मा थियौं सबैको मनमा अनि तपाइको घरदैलोमा देश परिबर्तनको खातिर घर घरमा तपाइको मत (घण्टाघरमा) । साथै उनले गगन थापा विरुद्ध नारा दिएका छन्, ‘काठमाडौं ४ : गगन थापा हैन अब स्वतन्त्रको सरकार ।’

२७ असोज २०७९, बिहीवार १५:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु