सुरुङगा गोल्डकपको उपाधीका लागि रुपन्देही ११ र एफिएफ भिड्ने
काठमाण्डौँ । रुपन्देही ११, मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरी साहारा सुरुङगा गोल्डकप फुटबलको फाइलमा प्रबेश गरेको छ ।
झापाको सुरुङ्गामा रहेको कन्काई उच्च माध्यमीक बिद्यालयको खेल मैदानमा रुपन्देहीले मनाङलाई ट्राईबेकरमा ४–३ गोलले पराजित गरी फाईनलमा स्थान बनाएको हो ।
निर्धारित समयसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेपछि ट्राईबेकरबाट निर्णय गरिएको हो ।
रुपन्देहीले पर्सि उपाधिका लागि एफिएफको सामना गर्ने छ । प्रतियोगिताको बिजेताले ३ लाख ५१ हजार र उपबिजेताले २ लाख ५१ हजार प्राप्त गर्नेछन् ।
९ मंसिर २०७३, बिहीवार १४:०७ बजे प्रकाशित