प्रिमियर लिगमा सिटी विजयी, लेस्टर पराजित

_89407449_agueroकाठमाडौँ – गएरातीबाट शुरु इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले विजयी शुरुवात गरेको छ । नयाँ सिजन शुरु भएसंगै पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले सण्डरल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले सर्जिओ एग्युरोको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । लगत्तै सण्डरल्याण्डका डेफोइले गोल बराबरी गोल गरेपनि अर्का खेलाडी म्याकनैरले आत्मघाती गोल गरेपछि सिटी पहिलो खेजमा विजयी भएको हो ।
यस्तै अर्को खेलमा डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी पराजित भएको छ । हल सिटीले आफ्नो घरेलु मैदानमा लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । हलसिटीका लागी एडामा डायमान्डोले ४६ र रोबर्ट स्नोडग्रासले ५७ औ मिनेटमा गोल गरे । लेस्टरका लागी रियाद माहरेजले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा १ गोल गरेका थिए ।
गएराती भएका अन्य खेलमा स्वान्सी सिटी र बर्नमाउथ पनि विजयी भएका छन । स्वान्सीले बर्नेलीलाइ र बर्नमाउथले क्रिष्टल प्यालेसलाई समान १–० गोल अन्तरले पराजित गरेका हुन । अन्य खेलमा एभरटन र टोटेनह्याम, स्टोक सिटी र मिडलवर्ग तथा वार्टफोर्ड र साउथहयाम्पटनले समान १–१ को बराबरी खेलेका छन ।

३० साउन २०७३, आइतवार १२:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु