रियोमा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा

sfsकाठमाडौँ, २९ साउन । जारी रियो ओलेम्पिकमा अमेरिकाले आफ्नो अग्रता थप फराकिलो बनाएको छ । दोश्रो स्थानमा रहेको चीनले भन्दा ७ स्वर्णसहित १३ पदक बढी जितेको अमेरिकाले २० स्वर्ण, १३ रजत र १७ कास्य गरी कुल ५० पदकसहित पदक तालिकाको शीर्ष स्थानमा छ ।

दोश्रो स्थानमा रहेको चीनले १३ स्वर्ण, १० रजत र १४ कास्य गरी कुल ३७ पदक जितेको छ । यस्तै ७ स्वर्ण, ९ रजत र ६ कास्य गरी २२ पदक जित्दै आयरल्याण्ड आठौँ स्थानबाट उक्लिएर तेश्रोमा आइपुगेको छ भने समान ७ स्वर्णसहित ३ रजत र १४ कास्य गरी २४ पदक जितेको जापान एक स्थान तल झर्दै चौथो स्थानमा छ ।

यस्तै समान ६ स्वर्णसहित १३ पदक जितेको दक्षिण कोरिया पाचौँ र ११ पदक जितेको जर्मनी छैटौ स्थानमा छ । यस्तै समान ५ स्वर्णसहित २२ पदक जितेको रुस सातौ, १७ पदक जितेको फ्रान्स आठौँ, १८ पदक जितेको अष्ट्रेलिया नवौँ र ११ पदक जितेको हंगेरी दशौँ स्थानमा छ । रियोमा नेपालका ७ खेलाडी सहभागी छन । एथ्लेटिक्स पुरुष र तेक्वान्दो बाहेक अहिलेसम्म कसैले पनि पदक जित्न सकेका छैनन ।

२९ साउन २०७३, शनिवार ११:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु