मदन आश्रित क्रिकेटको उपाधि नेपाल पुलिसलाई

Dipendra Airee ( Nepal Police )सप्तरी । दोश्रो मदन आश्रित रास्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।  फाईनल खेलमा जनकपुरलाई ४९ रनले पराजित गर्दै पुलिसले बिजेता ट्रफी सहित रु १ लाख रुपैया हात पार्यो भने उपविजेता जनकपुरले रु ५० हजारमा चित्त बुझायो । युवा संघ नेपाल नगर कमिटि राजविराज, सप्तरी द्वारा आयोजित प्रतियोगितामा देशभरका ६ टोलि सहभागी थिए ।  प्रतियोगिताको उत्कृस्ट खेलाडी होराइजन क्रिकेट एकेडेमी ( बिराटनगर ) का पुष्प थापा , उत्कृस्ट ब्याट्सम्यान नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृस्ट बलर जनकपुर टिमका राज मोहम्मद घोषित भए । बिजेता टिम तथा खेलाडीलाई नेकपा एमालेका केन्द्रीय सदस्य सुमन राज प्याकुरेल, जिल्ला खेलकुद विकास समितिका अधिकृत लक्ष्मण मण्डल, नेकपा एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले पुरस्कृत गर्नु गरे ।  राजदेबी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपाल पुलिस क्लबले पहिलो इनिंगमा पुरा २० ओभर ब्याटिंग गर्दै ७ विकेट नोक्सानीमा १७८ रनको स्कोर खडा गर्यो । पुलिसको लागि प्रेम तामांगले सर्बा्धिक ३०, योगेन्द्र कार्कीले २९, दिपेन्द्र ऐरीले २६, सिद्धान्त लोहनीले २३ तथा कुशल भुर्तेलले अविजित २० रन योगदान दिएका थिए । बलिंग तर्फ जनकपुर खेलाडी मेहबुब आलमले सर्बा्धिक ३ विकेट लिएका थिए भने कप्तान राज मोहम्मद र संजोक कर्णले २र२ विकेट हात पारेका थिए । फाईनल खेलको म्यान अफ द म्याच नेपाल पुलिस क्लबका दिपेन्द्र ऐरी घोषित भए ।

२२ असार २०७३, बुधवार १५:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु