लाओसविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ । मुख्य प्रशिक्षक ग्योतोकु कोजीले लाओससँग मैत्रीपूर्ण खेल खेल्ने २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको आज घोषणा गर्नुभएको छ ।  यसअघि, प्रारम्भिक चरणमा परेका ३३ खेलाडीमध्येबाट छनोट गरेर आज राष्ट्रिय टोलीको अन्तिम नामावली घोषणा गरिएको हो । करिब छनोट प्रक्रिया पूरा गर्न ती खेलाडीबीच करिब चार दिनको क्षमता परीक्षण गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।  छनोट भएका खेलाडीमा दुई गोलकिपर, छ डिफेन्डर, आठ मिडफिल्डर र चार फरवार्ड छन् । गोलकिपरमा किरण चेम्जोङ र विकेश कुथू तथा डिफेन्डरमा रवीन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र विराज महर्जन छन् ।  त्यस्तै, टोलीको मिडफिल्डरमा प्रकाश बुुढाथोकी, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, राजेन्द्र रावल, अन्जन विष्ट, जगजित श्रेष्ठ अटाएका छन् । त्यसैगरी, फरवार्डको जिम्मेवारी भरत खवास, नवयुग श्रेष्ठ, अनिल गुरुङ र सुनील बलले लिनेछन् । नेपालले यही जेठ १६ गते लाओससँग उसकै घरेलु मैदानमा खेल खेल्नेछ ।

९ जेठ २०७३, आइतवार १६:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु