राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि स्थगित

१२ असार, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि स्थगित भएको छ ।

स्पेनमा हुने भनिएको आइसीसी सीडब्लुसी लिग-२ अन्तर्गतको त्रिकोणीय एकदिवसीय सिरिज स्थगित भएसँगै जारी बन्द प्रशिक्षण पनि स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो ।

यसअघि आइसिसिले कोरोना संक्रमणलाई मध्यनजर राख्दै सीडब्लुसी लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिज जुलाई २०२२ सम्मका लागि स्थगित गराएको थियो ।

यस अघि अघिल्लो बर्ष सेप्टेम्बरमा हुने भनेको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको यो सिरिज स्पेन आयोजना गर्न तयार भएपछि यहि जुलाईमा हुने भनिएको थियो ।

तर अहिले कोरोना संक्रमणका कारण एक बर्ष पछि सरेको छ ।

नेपालले सिरिजको तयारीका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर तयारी शुरु गरेको थियो ।

क्यानले स्वास्थ्यका मापदण्ड पालना गरेर सानो समुहमा भने टियु ग्राउण्डमा मुख्य प्रशिक्षक डाभ वाटमोर र फिजियो विक्रम न्यौपानेको निगरानीमा हुने जानकारी दिएको छ ।

१२ असार २०७८, शनिवार ११:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु