आइतबारदेखि माथिल्लो तामाकोसीको परीक्षण उत्पादन सुरु हुने

दोलखामा निर्माण भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजना भोली (आइतबार)बाट सञ्चालनमा आउने भएको छ।

चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाको निर्माण पूरा भएपछि परीक्षण उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागिएको हो।

आयोजनाका सीईओ विज्ञानप्रसाद श्रेष्ठका अनुसार ४ सय ५६ मध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट आइतबारदेखि परीक्षण उत्पादन गर्न लागिएको हो।

तामाकोसी सञ्चालनमा आउँदा खिम्ती–लामोसाँघु १३२ केभीको लाइन बन्द हुने आयोजनाले जनाएको छ।

परीक्षणको बेला ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरित विद्युत केही समय कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

माथिल्लो तामाकोसीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएपछि भारतबाट अहिले हुँदै आएको विद्युत् आयात केही घट्ने अपेक्षा गरिएको छ।

१२ असार २०७८, शनिवार ११:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु