नेपालले २-० गोलले चिनियाँ ताइपेईलाई हरायो

विश्वकप छनोटमा नेपालले बिहीबार चिनियाँ ताइपेईलाई हराएको छ ।

बिहीबार कुवेतमा भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई २-० गोलले हराएको हो ।

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा गोल गरेका हुन्।

ताइपेईका खेलाडी चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको हो र त्यसमा अञ्जनले सजिलै गोल गरे।

अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो। त्यस्तै ८१औँ मिनेटमा नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले गरेका हुन्।

२१ जेठ २०७८, शुक्रवार ००:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु