स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश ल्याउने निर्णय
प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त

२० जेठ, काठमाडौं । सरकारले स्वास्थ्यकर्मीको सुरक्षा अध्यादेश ल्याउने निर्णय गरेको छ ।
बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै, मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ ।
बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको हो ।
काउन्सिलका अध्यक्षमा नियुक्त भवानी बरालको नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले चलाउँदै आएका थिए ।
कानून व्यवसायीसमेत रहेका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए ।
२० जेठ २०७८, बिहीवार २२:४० बजे प्रकाशित