‘नोकिया सी २०’ सार्वजनिक, के छ यसको विशेषता ?

२० जेठ, काठमाडौं । नोकिया सी २० नेपाली बजारमा सार्वजनिक भएको छ । एन्ड्रोइड ११ मा रन हुने यो फोनमा दुई वर्षको सेक्युरिटी अपडेट दिइएको छ ।
स्टनिङ नर्डिक डिजाइनबाट निर्मित फोन धेरैबेरसम्म टिक्ने र एक्सिडेन्ट प्रुफ रहेको कम्पनीले बताएको छ ।
प्यान एसिया एचएमडी ग्लोबलका प्रबन्धक रवि कुँवरले यो फोनमा २ वर्षको अपरेटिङ सिस्टम अपग्रेड्सको सुविधासहित अन्य आकर्षक फिचर रहेको बताए ।
५ मेगापिक्सेलको फ्रन्ट र रियर क्यामेराको साथ लो लाइटमा पनि प्रियजनहरुसँग अविष्मरणीय पलहरु कैद गर्न सकिने कम्पनीले जनाएको छ ।
६.५ इन्चको एचडी प्लस स्क्रिन र ३ हजार एमएएचको ब्याट्री यो फोनको अर्को विशेषता हो ।
फोरजी कनेक्टिभिटी र अक्टाकोर प्रोसेसरको सुविधा दिइएको यो फोन स्यान्ड र डार्क ब्लु रंगमा उपलब्ध छ ।
नेपाली बजारमा २र३२ जीबी भेरियन्टको मूल्य १० हजार ९९९ रूपैयाँ तोकिएको छ ।
२० जेठ २०७८, बिहीवार १९:५७ बजे प्रकाशित