वेष्टइण्डिज टी–२० विश्वकपको फाइनलमा
काठमाडौं, १९ चैत । भारतलाई उसकै घरेलु मैदानमा ७ विकेटले वेष्ट इण्डिज टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मुम्बईमा बिहीबार भएको खेलमा भारतले पुरै २० ओभरमा २ विकेट गुमाएर १९२ रन बनायो । भारतले दिएको १९३ रनको लक्ष्य वेष्ट इण्डिजले २ बल बाँकी रहँदै ३ विकेट गुमाएर पुरा ग¥यो।
भारतका विराट कोहलीले ४७ बलमा ८९ रनको योगदान गरे । रोहित शर्मा र अजिन्का रहानेले क्रमश ४३ र ४० रन बनाए ।
भारत विरुद्ध जवाफी व्याटिङ गरेको वेष्ट इण्डिजले खराव सुरुवात गरेको थियो । वेष्ट इण्डिजका क्रिस गेल मात्र ५ रन बनाएर आउट भए । जोनसन चाल्र्स र लेन्डल सिमोन्सले पारी सम्हाले । चार्ल्स ५२ रनमा आउट भएपछि पाँचौं नम्बरमा ब्याटिङ गर्न गएका आन्द्र रसेलले पनि राम्रो पारी खेले । सिमोन्स ८३ रनमा अविजित रहे ।
१९ चैत २०७२, शुक्रवार ०५:३० बजे प्रकाशित