सञ्चार सम्बन्धि आधाभुत तालिम नुवाकोटमा सुरु

12910314_848046171989924_1932384485_nनुवाकोट, १६ चैत्र । एस पि पब्लिकेसन तथा कम्युनिकेसन टेक्नोलोजीले सञ्चारमा सबैको पहुच पु¥याउन नुवाकोट जिल्लामा ७ दिने पत्रकारिता, कार्यक्रम उत्पादन तथा उद्घोषक सम्बन्धी आधारभुत तालिम सुरु गरेको छ । नुवाकोट जिल्लाको सुर्यमति ६ मालाकोटमा सञ्चालन गरिएको उक्त तालिममा उल्लेख्य सहभागिता रहेको छ । बिशेष गरी गाउ गाउका मानिसले अझै सञ्चारको विशेशता नबुझेको र स्थानिय रुपमा भएका गतिविधी स्थानिय सञ्चार सम्म पु¥याउन नसकेका कारण, महत्वपुर्ण जनसरोकारका बिषय सञ्चार माध्याममा कम आउने भएकाले त्यस्ता समाचार जनस्थर सम्म पु¥याउन ग्रामिण भेगका बुद्धिजिवी तथा सरोकारवाला हरुलाइ स्थानिय समाचार,श्रोत र गतिबिधी स्थानिय सञ्चार सम्म पुर्याउनका लागी आधारधुत रुपमा तालिम प्रधान गरिएको एस पि पब्लिकेसन तथा कम्युनिकेसन टेक्नोलोजीका सस्थापक अध्यक्ष तथा सञ्चारकर्मी सुजन प्रेमीले बताउनुभयो । आफुले मिडिया इन्जिनिएर, आमसञ्चार जस्ता विषय अध्यायन गरेको र करिब ८ बर्षको सञ्चारको अनुभव बटुलेकै कारण नेपालको अवस्थामा सञ्चार र यसको भुमिकालाइ बुझेरै सो तालिम सञ्चालन गरिएको अध्यक्ष प्रेमीको भनाइ रहेको छ । अब यस्तो तालिम देशको बिभिन्न ठाउमा आवश्यक रहेकोले अभियानकै रुपमा देशैभर यस्ता तालिम सञ्चालन गर्ने सस्थाले जनाएको छ जस अनुरुप अब छिट्टै नुवाकोटकै रातमाटे १ महादेवफाटमा , बैसाख ५ गतेदेखी तालिम सञ्चालन हुने छ । हरेक जिल्लाका सञ्चार माध्याम तथा सामुदायिक रेडियोमा जनशक्तीको अभाव भएको बेलामा सो तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।

१६ चैत २०७२, मंगलवार ११:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु