दाजुलाई जागीर खुवाउन प्रअले गरे परीक्षामा अनियमितता

मकवानपुर. १६ चैत । मकवानपुरको जनता प्राबिका प्रधानअध्यापक राजकुमार केसीले अनियमित तरिकाले आफ्ना दाजुलाई बिद्यालयमा भर्ति गराउने प्रयत्न गरेका  छन । थाहा नगरपालिका वडा नम्बर ६ दम्कीमा अवस्थित बिद्यालयमा प्रधानअध्यापक केसीले दाजु बिमलकुमार केसीलाई जागीर खुवाउन उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन लगाएका छन ।  शिक्षक सेवा आयोगमा लिखित परीक्षा उतीर्ण भइ आबेदन दिन गएकालाई डर धम्की देखाउँदा समेत केही नलागेपछि उनले दरखास्त आव्हान गरिएको अन्तिम मिति सकिएपछि करार सूचीमा रहेका उम्मेदवार खडा उम्मेदवारी फिर्ता लिन लगाएका छन । दरखास्त आव्हान गरेको डेढ महिना पछि हेटौंडामा सोमबार परिक्षा लिइएको थियो । परिक्षामा कविता कडेल, जमुना नेपाल, शान्तिमाया गोले र केसीका दाजु बिमलकुमार केसी सहभागी भएका थिए । परिक्षा पश्चात सार्वजनिक गरिएको नतिजामा बिमलको नाम पहिलो नम्बरमै आयो । दुई नम्बर वा बैकल्पिक सूचीमा कविताको नाम सार्वजनिक गरियो ।
नतिजाबारे बिमललाई पढाउने एक शिक्षकले आश्चर्य मान्दै भने, ‘शिक्षक छनौटका लागि शैक्षिक योग्यता, लिखित परीक्षा र अन्र्तबार्ता गर्ने गरिन्छ । तर सबैमा कमजोर उम्मेदवार सफल भएको घोषित हुन्छ, आफ्नो हात जगन्नाथ भनेको यही त होला ।’
दुई नम्बर वा बैकल्पिक सूचीमा नाम सार्वजिक भएकी कवितालाई परीक्षा शुरु हुनु एक घण्टा अघि मात्र फोन गरी परीक्षामा सामेल हुन नपाउने निर्णय प्रअ राजकुमारले सुनाएका थिए । राजकुमारले शिक्षकको स्थायी अनुमति पत्रमा जिल्ला शिक्षा कार्यालयको छाप नभएको भन्दै परिक्षामा सहभागी गराउन नसक्ने बताएका थिए । उम्मेदवार कबिताले एक महिना अगाबै बुझाईएको कागजात त्रुटिपूर्ण छ भन्ने कुरा थाहा थियो, भने एक घण्टा अगाडि मात्रै किन जानकारी गराइयो भन्दै जिल्ला शिक्षा कार्यालय मकवानपुरमा जानकारी गराइन । त्यसपश्चात सहायक जिल्ला शिक्षा अधिकारीले प्रमाणपत्रमा समस्या नभएकोले परीक्षामा बस्न कसैले रोक्न नसक्ने भन्दै जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले कबुलियत नामा गराएर परीक्षामा सामेल गराउनु भन्ने मौखिक आदेश दिएपछि कविताले परीक्षा दिएकी थिइन ।
यसअघि शिक्षक छनौटको लागि दरखास्तको समय सकिएको लामो समय भइसक्दा पनि परीक्षाको मिति नतोकेको भन्दै बिरोध जनाउँदा राजकुमारले बिमल केसीलाई नै जागिर खुवाउन सबैको जोड बल छ । तपाँई बाहिरका हुने हैन भन्ने जस्ता जवाफ दिने गरेको उमेरदवारहरुको भनाई छ । केसीले भने परीक्षा निष्पक्ष भएको दाबी गरेका छन ।
क्रान्तिकारी पत्रकार संघ र शिक्षक संघको जिल्ला नेता समेत रहेको बताउने केसीले समाचार बारे बुझ्दा पत्रकारिता र पत्रकार आफूले चिनेको प्रतिक्रिया दिएका छन ।
उम्मेदवारहरु भने परीक्षामा अनियमितता भएको भन्दै बिमललाई नियुक्ति नदिन माग गर्दै जिल्ला शिक्षा कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडा पुगेका छन ।

१६ चैत २०७२, मंगलवार ०८:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु