सिन्धुलीका ६७ जना विद्यार्थी एसएलसी दिनबाट वञ्चित
सिन्धुली,१६ चैत । सिन्धुलीका ६७ जनाविद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित भएका छन् । जिल्ला शिक्षा कार्यालय सिन्धुलीका विद्यालय निरिक्षक दुर्गा प्रसाद काफ्लेले बताए अनुसार ६७ जना विद्यार्थीले राजस्व नतिरेको र ७५ प्रतिशत हाजिर नपुगेको कारण परिक्षादिनका लागि योग्यन भएका हुन् ।
जिल्लाबाट यसवर्ष एसएलसी परिक्षामा ८ हजार ६ सय ४२ जना विद्यार्थीले सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । नियमिततर्फ ६ हजार ७जना छन् भने एक्जामटेटतर्फ २ हजार ६ सय ३५ जना विद्यार्थी रहेका छन् । यसवर्ष जिल्लामा२५ ओटा परिक्षा केन्द्र तोकिएको छ ।गतवर्ष ६ सय ३२ वटा परिक्षा केन्द्र तोकिएको थियो । यसवर्ष ३ ओटा परिक्षा केन्द्रहरु थपगरिएको गरिएको निरिक्षक काफ्लेले बताए । – रून्द्र खड्का
१६ चैत २०७२, मंगलवार ०५:३२ बजे प्रकाशित