पुनःनिर्माणको काम अघि नबढेको प्रति सरोकारवालाको चिन्ता

काठमाडों, १५ चैत । IMG_0089विनाशकारी भुकम्प गएको १ बर्ष हुन लाग्दा समेत पुनःनिर्माणको काम अघि बढ्न नसकेको प्रति भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । इन्सेकको सहकार्यमा मानव अधिकार सञ्जाल, काठमाण्डौले राजधानीमा गरेको “भूकम्प पीडितको अवस्था तथा पुनःनिर्माण” विषयक सार्वजानिक सुनुवाई कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमले पुनःनिर्माणको कामले तिव्रता नलिएको प्रति आपत्ती जनाए । पीडितहरूको एकिन तथ्याङ्क सङ्कलन नहुनु र वितरण गरिएको राहतमा समेत वास्तविक पीडितको पहुँच नहुनु दुखःद भएको उनले बताए । समयमा स्थानीय निकायको निर्वाचन हुन नसक्दा राहत तथा पुनःनिर्माणको काममा सुस्तता छाएको उनको टिप्पणी छ । मानव अधिकार सञ्जाल, काठमाण्डौका अध्यक्ष प्रदिप डंगोलले भूकम्प पीडितको आवाज र समस्याहरूप्रति राज्यका निकायहरू जिम्मेवार हुन नसकेको आरोप लगाए ।
बुढानिलकण्ठ नपा–७ र ८ का वडा सचिव रामबहादुर कुँवरले पीडितहरूलाई प्रभावकारी रूपमा राहत वितरण गर्न र पुनःनिर्माणको काम यथाशिघ्र अघि बढाउन सरकारले गृहकार्य गरिरहेको बताए ।
उनले भूकम्पप्रभावित क्षेत्रको अनुगमन गर्ने, वास्तविक तथ्याङ्कको सङ्कलन गर्ने र एकद्वारा प्रणालीमार्फत पीडितमाझ समान राहत वितरण गर्न नगरपालिका प्रतिवद्ध रहेको जनाए ।
धरमपुर क्षेत्रकी वडा संयोजक राममायाँ महर्जनले भूकम्पबाट बालबालिका, महिला तथा जेष्ठ नागरिकहरू बढी मारमा परेको बताइन् । उनले भूकम्प लगत्तैको नाकाबन्दीका कारण ग्यास नपाउँदा, दाउँरामा खाना बनाउन पर्दा महिलाहरूले कष्टकर जीवन बिताउन परेको बताए ।
कार्यक्रममा सहभागि भूकम्प पीडितहरूले पुर्नस्थापनाको विषयमा सरकार गम्भीर नभएकोप्रति रोश प्रकट गर्दै तत्काल पीडितहरूलाई सुरक्षित आवास गृहको व्यवस्था गर्न माग गरे ।

१५ चैत २०७२, सोमवार ११:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु