बलात्कार आरोपी ३५ दिनपछि पक्राउ

काठमाण्डौँ, १९ चैत । बालिका बलात्कार गरेर फरार धरान पटनालीका सुजन माझी ३५ दिनपछि पक्राउपरेका छन । फरार रहेको आरोप लागेका धरान उप–महानगरपालिकाका–२७ पटनाली बस्ने २५ बर्षका माझीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । माझी ३५ दिन देखि फरार थिए । काठमाण्डौको बुढानिलकण्ठबाट हिजो पक्राउ परेका माझीलाई प्रहरलिे आज धरानमा लगेर आज सार्वजनिक गरेको हो ।  बलात्कार घटना सार्वजनिक भएपछि गाउँमै मिलाउन उनले अनेक प्रयास गर्दै पीडित परिवारलाई मिल्न धम्की दिदैँ आएका थिए ।

१९ चैत २०७२, शुक्रवार ०५:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु