सिके राउत आतंककारी होइनन : एबीसी टेलिभिजन
काठमाण्डौँ, १९ चैत । एबीसी टेलिभिजनले सिके राउत आतंककारी नभएको बताएको छ ।
सिके राउतको अन्तरवार्ताबारे प्रेस काउन्सिलले स्पष्टीकरण सोधेपछि एबीसी टेलीभिजनले वक्तव्य निकालेर राउत राज्यबाट आतंककारी घोषित व्यक्ति हैनन् भनेको छ । केहीदिन अघि एबीसी देश टुक्र्याउने अभियानमा लागेका सिके राउतको अन्तरवार्ता प्रशारण गरेको थियो । टेलिभिजनले वक्तव्यमा भनेको छ ‘देशको कानुन व्याख्या गर्ने सर्वोच्च निकाय अदालतले सिके राउतलाई कारवाही गर्न र जेलमा पठाउन अहिलेसम्म आदेश जारी गरेको छैन ।’
१९ चैत २०७२, शुक्रवार ०६:०९ बजे प्रकाशित