आज दिल्लीसँग खेल्दै  कोलकाता

इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज बिहीबार दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्ससँग खेल्दै छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

दिल्ली आजको खेलमा फराकिलो जित निकाल्दै तालिको शीर्ष स्थानमा उक्लने योजनामा छ ।

दिल्ली ६ खेलबाट ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । रिषव पन्तको कप्तानीमा रहेको दिल्लीले ६ मध्ये चार खेलमा जित हासिल गरेको छ ।

लिगमा ६ खेल खेलेको कोलकाताले ४ अंक जोडेको छ । आजको खेलमा जित निकाल्न सकेमा कोलकाता तालिकाको चौथो स्थानमा उक्लनेछ ।

१६ वैशाख २०७८, बिहीवार १२:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु