पोखरा विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा गराउने तयारी

पोखरा विश्वविद्यालयले स्थगित गरिएका परीक्षा वैकल्पिक विधिबाट अघि बढाउने तयारी सुरु गरेको छ।

यसअघि सीसीएमसीले सबै प्रकारका परीक्षा स्थगित गर्ने र पठनपाठन वैकल्पिक माध्यमबाट गराउने निर्णय गरेसँगै पोखरा विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको थियो ।

‘पोखरा विश्वविद्यालयले लिने भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सम्पूर्ण परीक्षाहरू स्थगित भइसकेको सन्दर्भमा अब पोखरा विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षाहरूलाई वैकल्पिक विधिबाट सुचारू गर्ने गरी प्रक्रिया अगाडि बढाइने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ विश्वविद्यालको विज्ञप्तिमा भनिएको छ।

१६ वैशाख २०७८, बिहीवार १२:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु