प्रिमियर लिगमा लिसेस्टर उपाधि नजिक

sport 1चैत २ – इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिसेस्टर सिटी प्रभावकारी प्रदर्शनलाई  जारी राख्दै उपाधिको थप नजिक पुगेको छ ।  प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिसेस्टर सिटीले रेलिगेशन जोनको न्युक्यासललाई १–० ले हराएर पाँच अंकको अग्रता कायम गरेको छ ।  लिसेस्टरको जितमा २५ औं मिनेटमा शिन्जी ओकाजाकीले गरेको गोल नै निर्णायक बन्यो । यो जितले लिसेस्टरलाई लिगका ८ खेल बाँकी हुँदा उपाधिको थप नजिक लगेको छ ।
न्युक्यासलको प्रशिक्षकको रुपमा पहिलो खेलमा रियल मड्रिडका पूर्व प्रशिक्षक राफेल बेनिटेजले उसको हारको श्रृँखलालाई रोक्न सकेनन् । बेनिटेज केही दिन अघि मात्रै न्युक्यासलको प्रशिक्षकमा नियुक्त भएका थिए । जित निकाल्न नसेपछि न्युक्यासलले सुधारिएको प्रदर्शन भने गरेको छ । यो जितपछि लिसेस्टरको ३० खेलबाट ६३ अंक भएको छ । दोस्रो स्थानको टोटनह्यामको समान ३० खेलबाट ५८ अंक छ ।

२ चैत २०७२, मंगलवार ०२:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु