ट्वेन्टी–ट्वेन्टी विश्वकपमा सुपर टेनका खेल सुरु हुँदै

during the New Zealand Training and Press Conference at the Vidarbha Cricket Association Stadium on March 14, 2016 in Nagpur, India.२ चैत ।  भारतमा जारी आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा मंगलबारदेखि सुपर टेनका खेल सुरु हुँदैछ ।  सुपर टेनको पहिलो खेलमा मंगलबार आयोजक भारतले न्युजिल्याण्डसँग प्रतिस्प्रधा गर्नेछ । यी दुई बिचको खेल नागपुरमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे हुनेछ । भारत महेन्द्रसिंह धोनी र न्युजिल्याण्ड केन विलियम्सनको कप्तानीमा मैदान उत्रने छ । भारत घरेलु मैदान र दर्शकको फाइदा लिँदै प्रतियोगितामा विजयी सुरुवात गर्दै दोस्रो पटक विश्वकपको उपाधि जित्ने यात्रा तय गर्ने सनेचमा छ । न्युजिल्याण्ड पनि जित निकाल्दै पहिलो पटक विश्वकपको उपाधि उचाल्ने यात्रामा आफूलाई बलियो बनाउन चाहन्छ ।
पछिल्ला ११ ट्वेन्टी–ट्वेन्टी अन्तर्रा्ष्ट्रिय क्रिकेटमा भारत १० मा विजयी भएको छ । भारतका विराट कोहली लगनयत सबै राम्रो खेलाडी हुन् । न्युजिल्याण्डका पनि केन विलियम्सन तथा मार्टिन गुप्टिल जस्ता राम्रा खेलाडी छन् ।  पहिलो चरणको खेलमा दुई समूहमा बाँडिएका ८ मध्ये दुई समूहका विजेता दुई टोली सुपटेनमा पुगेका हुन् । सुपर टेनमा रहेका टोलिलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘एक’ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र अफगानिस्तान छन् । अफगानिस्तान पहिलो चरणको खेलबाट समूह ‘बी’ को विजेताको रुपमा सुपर टेनमा प्रवेश गरेको हो । यस्तै सुपर टेनको समूह ‘दुई’ मा आयोजक भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, पाकिस्तान र बंगलादेश छन् ।

२ चैत २०७२, मंगलवार ०३:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु