अण्डर–१९ बिश्वकप क्रिकेट छनोटमा नेपाल ८ विकेटले विजयी, फाइनलमा भोली फेरी आयरल्याण्डसंगै प्रतिस्प्रधा गर्ने

आइसिसि अण्डर–१९ बिश्वकप क्रिकेट छनोट खेलमा नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको छ । नेपालको यो लगातार चौथो जित हो । नेपालका ओपनर जोडी सुनिल धमला र सन्दीप सुनारले १७० रनको साझेदारीको गरेपछि नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित गर्न सफल भयो । मलेसीयाको क्वालालाम्पुरमा रहेको किनररा ओभल क्रिकेट मैदानमा आयरल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्य नेपालले ४२ दशमलब ५ ओभरमा २ विकेटको क्षतीमा पुरा ग¥यो ।  नेपालको जितमा ओपन् ब्याटसम्यान सन्दिप सुनारले ८५, सुनिल धमलाले ७५, राजु रिजालले १६ र योगेन्द्र सिंह कार्कीले ४ रन बनाए । नेपालले प्रतियोगिताको उपाधिका लागि भोली फेरी आयरल्याण्डसंगै प्रतिस्पर्धा गर्नेछ । भोलीको खेलको बिजेता आगामी बर्ष बंङलादेशमा हुने बिश्वकपमा सहभागिता जनाउन पाउनेछ ।

४ कात्तिक २०७२, बुधवार ०८:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु