अब आवासको अभाव महशुस गर्नु पर्दैन : प्रधानमन्त्री ओली
इपब्लिक संबाददाता । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुलाई बस्ने आवासको ब्यवस्था गर्न सरकार पतिवद्ध रहेको बताएका छन । प्रधानमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला झापा पुगेका ओलीले दुई वर्ष भित्र सबै नेपालीहरुलाई बस्ने आवासको व्यवस्था गरिने बताएका हुन । प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपा एमाले जिल्ला कमिटी सहित डेढ दर्जन संघरसंस्थाले ओलीको स्वागतमा राखेको नागरिक अभिनन्दन कार्यक्रममा एमालेका अध्यक्ष समेत रहेका ओलीले अहिले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई सरकारमा ल्याउने दावी गरे । उनले आफूले भ्रष्टाचार नगर्ने भन्दै मुलुक बनाउने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले एक बर्षभित्रै कोहीपनि बालबालिका स्कुल बाहिर नहुने र दुई वर्ष भित्र सबै नेपालीहरुलाई बस्ने आवासको व्यवस्था गरिने बताए । साना मसिना कुरामा नअलमलिई देश बनाउन सकै एकजुट हुन आवश्यक रहेकोमा उनले जोड दिए ।
४ कात्तिक २०७२, बुधवार १३:४० बजे प्रकाशित