फेरी बन्द भयो बेलहिया नाका

इपब्लिक संबाददाता, काठमाण्डौँ ।  नेपाली युवकको कुटपिटबाट दुई भारतिया घाइते भएपछि नेपाल भारत सीमानाका रुपन्देहीको बेलहिया फेरी बन्द भएको छ । बेलहियाको सेरे पञ्जाब होटलमा हिजो मदिरा सेवन गरिरहेको अवस्थामा बेलहियाका सचिन थैव र सुनील रानाले भारतीय नागरिक अजय सिंह राजकोट, कृष्ण मुरारी मधेसीयालाई कुटपिट गरेका थिए ।  त्यही विषयलाई केही दिनयता सुचारु भएको नाका आज बिहानदेखी बन्द भएको हो ।  कुटपिटबाट भारतीय नागरिक घाइते भएपछि हिजोदेखि नै असहज बनेको बेलहिया नाकामा भारतीय पक्षले आज कुनै पनि गाडी नेपाल प्रवेश गर्न दिएको छैन ।  घाइते राजकोटको चिउडोमा चोट लोगेको छ भने मधेसीयाको हातमा सामान्य चोट लागेको छ । घाईते दुबैको  मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

४ कात्तिक २०७२, बुधवार ०६:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु