एकै पटक धेरै मासु नखाउँ : चिकित्सक
इपब्लिक संबाददाता, काठमाण्डौँ । दसैँ भन्ने वित्तिकै धेरै मासु खाइने पर्वका रुपमा पनि लिइन्छ । एकैपटक धेरै मासु खाँदा स्वथ्यका दृष्ट्रिकोणले उपयुक्त छैन । चिकित्सकले पनि मासु खाँदा आफ्नो स्वास्थ्यमा ख्याल राख्न सुझाव दिएका छन । बासी मासु खाँदा त्यसको स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले ताजा र सफा मासु लगायत स्वच्छ खानेकुरा खान चिकित्सकले सल्लाह दिएका छन । घरमै मासु बनाउँदा पनि धेरै भएको मासुलाई डिफ्रिजमा राखी प्रयोग गर्नुपर्ने वीर अस्पतालका चिकित्सक डा सुरेन्द्र श्रेष्ठले बताउनुहुन्छ । अहिले ग्यासको अभावका कारण एकैपटक सबै मासु पकाएर राख्ने सम्भावना पनि भएकाले त्यसो नगर्न डा श्रेष्ठले आग्रह गरे । अत्याधिक चिल्लो, पिरो र मसलेदार खाना धेरै खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरुको भनाई छ । पसलमा मासु किन्दा पनि सामान्य फ्रिजमा राखिएको भन्दा डि फ्रिजमा राखिएको मात्र खरिद गर्न चिकित्सकको सुझाव छ ।
४ कात्तिक २०७२, बुधवार ०४:३६ बजे प्रकाशित