तीन एक दिवसीय क्रिकेट श्रृँखलामा न्युजिल्याण्डको जित ।। 

माघ १७ ।।
पाकिस्तानसँगको तीन एक दिवसीय क्रिकेट श्रृँखला न्युजिल्याण्डले २–० ले जितेको छ । आइतबार भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा न्युजिल्याण्डले पाकिस्तानलाई ३ विकेटले हराएको हो ।
डक वर्थ लुइस नियमका आधारमा ४३ ओभरमा दुई सय ६३ रनको लक्ष्य पाएको घरेलु टोली न्युजिल्याण्डले दुई बल बाँकी रहुदा ७ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो ।
न्युजिल्याण्डका केन विलियम्सनले ८४, मार्टिन गुप्टिलले ८२ तथा कोरी एन्डरसनले ३५ रन बनाएका हुन् । पाकिस्तानका अजहर अली र मोहम्मद आमिरले दुई दुई तथा मोहम्मद इरफान, वाहव रियाज र शोएब मलिकले एक एक विकेट लिएका थिए । अक्ल्याण्डमा पहिले ब्याटिङ गरेको भ्रमण टोली पाकिस्तानले ४७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर दुई ९० रन बनाएको थियो । पाकिस्तानका बाबर आजमले ८३, मोहमद हाफिजले ७६, सरफराज अहमदले ४१ तथा शोएब मलिकले ३२ रन बनाएका थिए ।
न्युजिल्याण्डका एडम मिल्नेले तीन तथा ट्रेन बोल्ट र म्याट हेनरीले समान दुई दुई विकेट लिएका थिए । पहिलो एक दिवसीयमा न्युजिल्याण्ड ७० रनले विजयी भएको थियो । दोस्रो एक दिवसीय भने मौसमको खराबीका कारण रोकिएको थियो ।

१७ माघ २०७२, आइतवार ०९:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु