विमल र नवयुग बन्न सक्छन् रोनाल्डो र मेस्सी !
काठमाडौँ, ८ माघ । नेपालले २३ बर्षपछि अन्तराष्ट्रिय उपाधि जितेपछि नेपाली फुटबलमाथी लागेको कालो दाग विस्तारै हट्ने क्रममा छ ।
युवा खेलाडीले दिएको धोका र फितलो प्रदर्शनपछि फिफाकै र्यांकिङमा निकै तल परेको नेपालको फुटबल फेरी एकपटक युवा खेलाडीले निकै माथी पुर्याउने संकेत देखाएका छन् ।
यति मात्र होइन शुक्रबार ढाकामा सम्पन्न बङ्गवन्धु गोल्डकपमा नेपालका दुई स्ट्राइकर विमल घर्तीमगर (म्यान अफ दि म्याच) र नवयुग श्रेष्ट (प्रतियोगिताकै उत्कृष्ट फुटबलर एवम टप गोल स्कोरर) कुनै दिन विश्वकै धनी क्लब रियल मड्रिड र बार्सिलोनाबाट खेल्ने पनि हुन सक्छ । तर यसका लागी यी दुबै खेलाडी र नेपाली फुटबल टिमले धेरै मेहनत गर्नुपर्ने हुन्छ ।
यसै प्रतियोगिताबाट नै नवयुग मोष्ट पपुलर र भ्यालुएवल तथा विमल उत्कृष्ट स्ट्राइकरका रुपमा चिनिएका छन् । जस्तो अवस्थामा पनि गोल गर्न सक्ने यी दुई खेलाडी नेपाली फुटबलको जितमा अब आधारस्तम्भ बन्न सक्छन् । नवयुगले चार र विमलले यस प्रतियोगितामा दुई गोल गरेका थिए ।
विमलको हाइट र गोल गर्ने स्टाइल अहिले पनि रियलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र नवयुगको स्टाइल र क्षमता वार्साका स्ट्राइकर मेस्सीको जस्तो छ । शारीरिक रुपमा पनि विश्वविजेता मेस्सी र रोनाल्डो बन्न विमल र नवयुगले धेरै नै मेहनत र त्यै अनुसारको सपनालाई साकार गर्न ठूलो पसिनाको मुल्य चुकाउनुपर्ने हुन्छ । जुन उनीहरु स्वंयमकै लागी पनि विश्वकै उत्कृष्ट खेलाडी बन्न असम्भव लाग्छ होला । तर गर्दै जादा यो चाडैँ सफल र सम्भव पनि हुन सक्छ । पछिल्ला आठ बर्षयता मेस्सी र रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी बन्दै आएका छन् ।
यसअघि लगातार गोल खादै आएका नेपाली टोलीलाई एकाएक विपक्षी टिममाथी नै एकपछि अर्को गोलको बर्षा हेर्दा लाग्छ । अब नेपाली टोली जितको भोको छ । र हर सम्भव मेहनतबाट कुनै पनि सफलताका लागी पछाडी पर्नेछैन् ।
शुक्रबारको जित ऐतिहासिक बनाउन अर्का खेलाडी अञ्जन विष्ट, विकेश कुथु र प्रशिक्षक बालगोपाल महर्जनको भूमिका पनि निकै धेरै छ। गोलकिपर विकेश बचाउँ नेपालको जितमा निकै नै निर्णायक छ । धेरैपटक बहराइन खेलाडीले गोल गर्न खोज्दा फलामे पर्खालका रुपमा उनले पोष्ट बचाएका थिए । जुन यसअघिका गोलकिपरबाट पुरा हुदैनथ्यो ।
यसै बर्षैबाट राष्ट्रिय टिममा डेब्यु गरेका नवयुग, अञ्जन र विकेशले यो खेलबाट आफुलाई उचाईमा पुर्याएका छन् । अब उनीहरुले आगामी दिनमा मेहनत गरेर आफुलाई शारिरिक र मानसिक रुपमा पनि तयार राख्नुपर्छ । ताकी यिनै नेपाली खेलाडीलाई कुनै दिन स्पेनिस, युरोपियन तथा इंग्लिस प्रिमियर लिगमा पनि यसरी नै खेलेको हेर्न पाइयोस ।
८ माघ २०७२, शुक्रवार १७:५८ बजे प्रकाशित