पीएफए वर्ष खेलाडीको अवार्ड सिटीका ब्रुएनलाई

म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुएनले प्रोफेसनल फुटबलर्स एसोसिएसन ९पीएफए० वर्ष खेलाडीको अवार्ड जितेका छन्।

२९ वर्षे ब्रुएनले साविक विजेता भर्जिल भान डाइक, अलेक्जेन्डर–अर्नोल्ड, सडियो माने, हेन्डरसन र रहिम स्टार्लिङलाई पछि पार्दै अवार्ड जितेका हुन्।

अवार्ड जितेपछि ब्रुइनले सबैको धेरै मायाले आश्चर्यमा पारेको बताएका छन्। उनले भने, ‘यो मेरो लागि धेरै गर्वको कुरा हो। ज

सले मैदानमा मेरो विरुद्धमा खेल्नुभयो, उहाँहरुले नै मेरो पक्षमा भोट गरिदिँदा मलाई आश्चर्यमा पारेको छ।’

सिटीको १९७३–७४ यताको यात्रामा उसका खेलाडी ब्रुइनले पहिलो पटक अवार्ड पाएका हुन्। यसकारण उनले विगतमा र अहिले पनि राम्रो खेलाडी रहेको टिमबाट अवार्ड जित्न पाउँदा थप उत्साहित भएको बताएका छन्।

ब्रुइन अवार्ड विजेता बनेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओला ब्रुइनका कारण आफू पनि राम्रो प्रशिक्षक हुन सकिरहेको बताएका छन्।

त्यस्तै महिलातर्फको पीएफए अवार्ड दुई पटककी वुमेन्स सुपर लिग विजेता चेल्सीकी २६ वर्षीया बेथ इंग्ल्यान्डले जितेकी छन्।

त्यस्तै लिभरपुलका २१ वर्षे डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर–अर्नोल्ड वर्ष युवा खेलाडी घोषित भएका छन्।

त्यस्तै म्यानचेस्टर युनाइटेड र इंग्ल्यान्डका फरवार्ड मार्कस रासफर्डले पीएफए मेरिट अवार्ड जितेका छन्।

२४ भदौ २०७७, बुधवार १२:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु