मेसीको कोरोना रिपोर्ट नेगेटिभ, प्रशिक्षणमा फर्किए

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी टिमको प्रशिक्षणमा फर्किएका छन् । प्रशिक्षण सुरु गर्नुपूर्व उनले कोरोना परीक्षण पनि गराएका थिए ।
उक्त परिक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु गरेका स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बार्सिलोनाले एक हप्ता अघि नै प्रशिक्षण सुरु गरे पनि मेसी भने क्लब छाड्नका लागि निवेदन दिएका कारण सहभागी भएका थिएनन् ।
तर केही दिनअघि अझ एक वर्ष क्लबमा नै बस्ने निर्णय गरेपछि मेसी कोरोना परीक्षण गरेर प्रशिक्षणमा फर्किएका हुन् ।
मेसीले भर्खर क्लबमा भित्र्याइएका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग प्रशिक्षण गर्नेछन् ।
२३ भदौ २०७७, मंगलवार ०७:०१ बजे प्रकाशित