स्वीजरल्याण्ड र जर्मनीको खेल बराबरीमा टुगिंयो
युइएफए नेसन्स लिग अन्तर्गत स्वीजरल्याण्ड र जर्मनीको खेल बराबरीमा टुगिंएको छ ।
गएराति स्वीजरल्याण्डको एसटी ज्याकोव पार्क स्टेडियममा समूह चरण अन्तर्गत भएको खेलमा दुबैले १(१ गोलको बराबरी खेलेका हुन् ।
जर्मनीले खेलको १४ औं मिनेटमा इल्काए गुन्डोगनको गोलबाट अग्रता बनाएको थियो ।
यता खेलको ५७ औं मिनेटमा स्वीजरल्याण्डका सील्भान वीड्मेरले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि दुवै टिमबाट गोल गर्ने प्रयासहरु भएपनि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । यी दुई टिम ?कतचयलनश्रग्रुप डी?रकतचयलनश्र मा रहेका छन् ।
२२ भदौ २०७७, सोमवार ०५:४७ बजे प्रकाशित





