युईएफए नेसन्स लिग: इङ्ग्ल्याण्डको संघर्षपूर्ण जीत

ए नेसन्स लिगमा बेलायतले आइसलयाण्डमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ । राहिम स्टर्लिङले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्याण्डलाई जीत दिलाएका हुन् ।

स्भेरिर इन्गासनले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई स्टर्लिङले सजिलै गोलमा परिणत गरेका थिए । दोस्रो पहेँलो कार्ड पाउँदै इन्गासन मैदान छाड्न बाध्य बने ।

यसअघि, कायल वाकरले पनि दोस्रो पहेँलो कार्ड खाँदै बाहिरिएपछि इङ्ल्याण्ड दश खेलाडीमा सिमित बनेको थियो ।

समूह बीको अर्को खेलमा बेल्जियमले डेनमार्कलाई २–० गोलअन्तरले पराजित गर्यो । यो सँगै बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ ।

युईएफ

अन्य खेलमा समूह सीमा विश्व विजेता फ्रान्सले स्वीडेनमाथि १–० को संघर्षपूर्ण जीत निकाल्यो । पहिलो हाफको अन्त्यमा किलियान एम्बाप्पेले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्न पुग्यो ।

समूहकै अर्को खेलमा पोर्चुगलले क्रोएसियामाथि गोल वर्षा गरेको छ । ४–१ को जीत हासिल गर्ने क्रममा पोर्चुगलका लागि जोगा क्यान्सेलो, डिएगो जोटा, जोआ फेलिक्स र आन्द्रे सिल्भाले एक–एक गोल गरे । क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले सान्तवना गोल गरे ।

२१ भदौ २०७७, आइतवार ११:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु