फिक्सिङका कारण प्रतिबन्धमा परेका आमिर पाकिस्तानी टिममा
पुष १८- म्याच फिक्सिङ गरेको पुष्टि भएपछि ५ वर्ष प्रतिबन्धमा परेका पाकिस्तानी क्रिकेटर मोहमद आमिरले पाकस्तानी टिममा स्थान पाएका छन् । २३ वर्षका उनलाई पाकिस्तानी क्रिकेट बोर्ड पिसिबीले न्युजिल्याण्ड भ्रमणका लागि ट्वेन्टी–ट्वेन्टी टोलीमा राखेको हो । सन् २०१० मा इंग्ल्याण्ड भ्रमणका क्रममा उनले फिक्सिङ अनुसार लगातार २ पटक नो बल फ्याँकेका थिए । फिक्सिङको आरोप पुष्टि भएपछि उनी केहि समय इंग्ल्याण्डको जेलमा पनि बसेका थिए । फिक्सिङका कारण प्रतिबन्ध लाग्नुअघि यी तिव्रगतिका बलर आमिरले पाकिस्तानका लागि १४ टेष्ट, १५ एक दिवसीय र १८ वटा अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलेका थिए ।
१८ पुस २०७२, शनिवार ०५:०४ बजे प्रकाशित