रामेछापका गैरभूकम्प पीडितद्धारा राहत रकम फिर्ता

रामेछाप, पुस १८ – वैशाखको भूकम्पले घर भत्किएको भन्दै घर नै नभत्किएकाले समेत अस्थायी आवासको लागि सरकारले दिएको १५ हजार रुपैयाँ लिएका रामेछापका गैरभूकम्प पीडितले धमाधम रकम फिर्ता गर्न लागेका छन् ।  जिल्ला प्रशासन कार्यालयले पटक पटक सरकारी मापदण्ड विपरीत रकम लिनेलाई कानुनी कारवाही अगाडी बढाउने भन्दै सार्वजनिक सुचना प्रकाशित गरेसँगै नियम विपरीत रकम लिने गैरभूकम्प पीडितले धमाधम रकम फिर्ता गर्न लागेका हुन् ।  गैरभूकम्प पीडितले लिएको रकममध्ये आठ जनाले १५ हजार रुपैयाँका दरले एक लाख २० हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिनुभयो ।

१८ पुस २०७२, शनिवार ०४:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु