काठ तस्करको आक्रमणमा परी चार जना घाईते

धनुषा, पुष १८  धनुषाको पुष्पवलपुर गाविसमा काठ तस्करको आक्रमणबाट वन कर्मचारी सहित चार जना घाईते भएका छन् । शुक्रबार राति धनुषाको उत्तरी वन क्षेत्रको जंगलबाट ट्याक्टरमा सखुवा काठ तस्करी गरिरहेको सूचनाको आधारमा वन कर्मचारीसहित जलाद सांझेदारी वनका पदाधीकारीहरुले अवैध रुपमा ल्याउंदै गरेको काठ नियन्त्रणमा लिएपछि तस्करहरुले हातहतियार सहित वन कर्मचारीमाथि आक्रमण गरेको हो । आक्रमणबाट सेक्टर वन कार्यालय पुष्पवलपुरका इन्चार्ज विष्णु यादव, जलाद साँझेदारी वनका अध्यक्ष श्यामलाल महतो, पोष्टबहादुर गिरी, समिति सदस्य महेन्द्र महतो लगायतका वन कर्मचारी तथा साँझेदारी वनका पदाधीकारीहरु घाईते भएको जिल्ला वन कार्यालय धनुषाका जिल्ला वन अधिकृत वीरेन्द्र साहले जानकारी दिए । घाईते मध्ये महेन्द्र महतोको अवस्था गम्भिर रहेको छ । तस्करहरुले कर्मचारीहरु सवार ज ६ प ८४२१, ज ७ प ७०२७ र ज ५ प ४७४ नम्बरको मोटरसाईकल तोडफोड गरेका छन् । यसका साथै पुष्पवलपुरमा रहेको इलाका वन कार्यालयमा समेत तोडफोड गरेको ढल्केवर ईलाका प्रहरी कार्यालयले जनाएको छ

१८ पुस २०७२, शनिवार ०४:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु