द्धन्द्धपीडित परिवारलाई सम्मान

पाल्पा, १७ पुस । स्थानीय शान्ति समिति पाल्पाले सशस्त्र द्वन्द्वकालमा मृत्युवरण गरेका र बेपत्ता परिवारका करिब ८० परिवारलाई आयोजित कार्यक्रममा दोसल्ला ओढाई सम्मान गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी ताराप्रसाद घिमिरेले द्वन्द्वपीडित परिवारका सदस्यलाई सम्मान गरेर समितिले उदाहरणीय कार्य गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि स्थानीय विकास अधिकारीले सरकारले गर्नुपर्ने काम स्थानीय शान्ति समितिले गरेर सबै द्वन्द्वपीडितलाई सम्मान तथा पुनर्मिलन गराउन सफल भएकामा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले द्वन्द्वपीडित परिवारका सदस्यका लागि गास बास कपासको ग्यारेन्टी राज्यले गर्नुपर्नेमा जोड दिएका थिए ।

स्थानीय शान्ति समिति पाल्पाका संयोजक नेत्रप्रसाद पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा संयोजक पाण्डेले स्थानीय शान्ति समितिको स्थापनापश्चात् हिजोको राज्यपक्ष र विद्रोहीपक्ष भन्ने मनमुटाव हटाई सबै द्वन्द्वपीडितलाई अहिले एउटै मञ्चमा ससम्मान बस्न सक्ने वातावरण सृजना गर्न समिति सफल भएको बताए ।

१७ पुस २०७२, शुक्रवार ०५:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु