प्रधानमन्त्रि ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

काठमाडौँ, १६ पुष ।  प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ । आज विहान १०स्३५ देखि उनीहरुबीच करिब २० मिनेट वार्ता भएको हो । गृह जिल्ला झापामा रहेको बेला ओलीले मोदीलाई फोन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सिधै भ्रमण निम्तो दिएका छन् । मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेको उनी निकट स्रोतले जनाएको छ । तर, पारवहन सहज भएपछिमात्रै नयाँदिल्ली आउने ओलीले स्पष्ट पारेका छन् । ओलीको चीन भ्रमणका लागि तयारी भइरहँदा नयाँदिल्लीबाट निम्तो आएको हो । बालुवाटार निकट स्रोतका अनुसार भारतीय राजदूत रञ्जीत रेले पनि प्रधानमन्त्रीको सरकारी निवासमै गएर भारत भ्रमणको कार्यक्रमबारे छलफल गरेका थिए । ओलीको चीन भ्रमणको प्रबन्ध मिलाएर दुई दिनअघिमात्रै उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा र कानुन मन्त्री अग्नि खरेल बेइजिङबाट फर्केका थिए । मोदीले तीन महिनायता ओलीसँग सिधा सम्वाद गरेको यो तेस्रोपटक हो । प्रधानमन्त्री दुई दिने कार्यक्रमका लागि अहिले गृहजिल्ला झापामा छन् । बिहीबार बिहान १०।३५ बजे भएको टेलिफोनमा संवाद करिव २० मिनेट चलेको थियो । मोदीले सुरुमै प्रधानमन्त्री ओलीलाई नयाँ वर्ष २०१६ को शुभकामना दिएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा मोदीलाई धन्यवाद दिएका थिए । वार्तामा प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

१६ पुस २०७२, बिहीवार ०९:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु