म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बालाई कोरोना संक्रमण

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बालाई कोरोना संक्रमण भएको छ । फ्रान्सेली टिमका व्यवस्थापक डिडिएर डेसक्याम्पले उनलाई संक्रमण भएको पुष्टि गरेका छन् ।

अब पोग्बा १४ टिम क्वारेन्टाइनमा बस्नेछन् । संक्रमित भएपछि उनले अब फ्रान्सका लागि नेसन्स लिगमा स्विडेनविरुद्ध सेप्टेम्बर ५ मा हुने खेल गुमाउने छन् ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर र क्रिस्टल प्यालेसबीच सेप्टेम्बर १९ मा हुने खेलसम्ममा उनी निको भइसक्ने अनुमान गरिएको छ ।

११ भदौ २०७७, बिहीवार १९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु