सन्दीपले लिए दुई विकेट, जमैका भयो पराजित
जमैका तल्लावाज पराजित खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।
बिहीबार बिहान बार्बाडोससँग भएको खेलमा जमैका ३६ रनले पराजित हुँदा लामिछानेले दुई विकेट लिएका हुन् ।
बार्बाडोसले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैका निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै मात्र १ सय १२ रन बनाउन सक्यो । जमैकाका लागि एनक्रुमा बोनरले २८ बलको सामना गर्दै ३ चौका र १ छ्क्काको मद्दतमा ३१ रनको योगदान दिए । त्यस्तै जेर्मेन ब्ल्याकवुडले २८ रन र मुजिव उर रहमानले १८ रन जोडेक थिए । अन्य ब्याट्सम्यानले भने सम्झन लायक पारी खेल्न सकेनन । ब्याटिङम सन्दीप २ रनमा अविजित रहेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४८ रन जोडेको थियो ।बार्बाडोसका लागि काइल मेयर्सले अर्धशतकिय पारी खेले ।उनले ५९ बलको सामना गर्दै ३ चौका र ८ छ्क्कासहित ८५ रनको अर्धशतकिय पारी खेलेका थिए । त्यस्तै मिशेल सन्तनरले अविजित रहदै २० रन र कप्तान शाई होपले १५ रन बनाएका थिए ।
बलिङतर्फ सन्दीपले दुई विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर दुई विकेट लिएका थिए । यससँगै जारी सिपीएलमा सन्दीपले विकेट सङ्ख्या ७ पुगेको छ ।
११ भदौ २०७७, बिहीवार ०९:१३ बजे प्रकाशित













