पुजारी हत्या’ बिरुद्धको आन्दोलन रोक्न गृहको निर्देशन

रौतहटका पुजारी श्रीराम साहको हत्यारालाई कारवाही गर्नुपर्ने भन्दै शुरु भएको दवाबपूर्ण प्रदर्शन रोक्न गृहमन्त्रालयले निर्देशन दिएको छ

आइतबार गृहले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई ‘अत्यन्त जरुरी’ पत्र पठाउँदै सो निर्देशन दिएको हो ।

नारायण नगरपालिका–२ स्थित हनुमान मन्दिर परिसरमा गोली हानेर हत्या गरिएको घटनाको हत्या अनुसन्धान गर्नेबारे चाहिँ गृहले सो सर्कुलरमा केही उल्लेख गरेको छैन । भदौ ३ मा मन्दिर परिसरमा पुजारी साहको हत्या भएको थियो ।

मन्त्रालयका शाखा अधिकृत प्रतिक राईले हस्ताक्षर गरेरको पत्रमा भनिएको छ–‘हिन्दु धर्म पक्षधरले शुरु गरेको अवान्छित गतिविधि रोक्न र कानुनविपरित काम गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशनुसार अनुरोध छ ।’

११ भदौ २०७७, बिहीवार ०९:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु