तार्केश्वर युवा क्लबको विजयी सुरुवात
इपब्लिक संबाददाता,काठमाण्डौँ ।
तार्केश्वर युवा क्लबले तपाईं हाम्रो दोश्रो फुटबल च्यालेन्ज कपमा विजयी सुरुवात गरेको छ राजधानीको नैकाप फुटबल मैदानमा भएको उद्घाटन खेलमा तार्केश्वरले भीमसेन युवा क्लब ‘ए’ लाई ३–० गोल अन्तरले पराजित ग¥यो । नकआउट प्रतियोगितामा ३५ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक सुन्दर थापाले जनाएका छन् । विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् । सेमिफाइनलमा रोकिने दुई टिमलाई समान १५–१५ हजार नगद प्रदान गरिने छ ।
२२ असोज २०७२, शुक्रवार १५:२४ बजे प्रकाशित