बर्दियामा कार्तिक १ र २ गते हात्ति मेला
इपब्लिक संबाददाता,काठमाण्डौँ ।
बर्दियामा आगामी कार्तिक १ र २ गते हात्ति मेला हुने भएको छ । राष्ट्रिय निकुञ्जको ठाकुरद्वारमा हुने मेलामा स्थानीय झाँकि सहित हात्ती फुटवल, पौडी प्रतियोगिता गरिने छ । हात्तिका लागी फुटवल मैदान, पौडी पोखरी निमार्ण कार्य अन्तिम चरणमा पुगेको आयोजक सस्था चोरी सिकारी नियन्त्रण युवा परिचालन अभियान बर्दियाले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, बर्दिया संरक्षण आयोजना, मद्यवर्ती बिकास समिति, नेपाल पंक्षि संरक्षण संघ, बर्दिया प्रकृति संरक्षण क्लव र ठाकुरद्वार गाविसले मेलाका लागी सहयोग गरेका छन ।
२२ असोज २०७२, शुक्रवार १५:२१ बजे प्रकाशित