तीन महिना पुग्ने औषधि छ : नेपाल औषधि उत्पादक सङ्घ
इपब्लिक संबाददाता, काठमाण्डौँ । नेपाल औषधि उत्पादक सङ्घले तीन महिना पुग्ने औषधि मौज्दात रहेको बताएको छ । औषधि उत्पादकहरुको छाता सङ्गठन सङ्घले आज एक विज्ञप्ति निकाली आवश्यक औषधि मौज्दात रहेको स्पष्ट पारेको छ । विज्ञप्तीमा औषधि व्यवस्था विभागले प्रकाशन गरेको आवश्यक औषधिको सूचीमध्ये करिव ८० प्रतिशत औषधि मुलुक कै उत्पादन रहेको जनाइएको छ । सङ्घले औषधिको चरम अभाव भन्दै विभिन्न सञ्चार माध्यममा सम्प्रेषण समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि जनाएकाो छ । तीन महिनापछि पनि वैकल्पिक स्रोतबाट कच्चा पदार्थ ढुवानी गरी निर्वाध रुपले औषधि आपूर्ति गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
२२ असोज २०७२, शुक्रवार १४:५९ बजे प्रकाशित