कस–कसलाई दिइयो २०७१ को शिक्षा पत्रकारिता पुरस्कार

इपब्लिक संबाददाता, काठमाण्डौँ ।
वि.स. २०७१ को राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार नारायण किलम्बु, जनक नेपाल र बाबुराम विश्वकर्मालाई संयुक्त रूपमा दिईएको छ ।नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा ७५ हजार रुपैयाँ राशिको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका जनक नेपाल, कान्तिपुर टेलिभिजनका नारायण किलम्बू र शिक्षक मासिकका बाबुराम विश्वकर्मालाई संयुक्त रुपमा प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागले राजधानीमा गरेको पुरस्कार वितरण कार्यक्रममा सुभासचन्द्र नेम्वाङले पुरस्कार प्रदान गर्नुभएको हो ।
पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानेर ६ क्षेत्रलाई प्रदान गरिने २५ हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार पूर्वाञ्चलबाट गोरखापत्रका जयकृष्ण यादव र अन्नपूर्णका छेटु शेर्पा, मध्यमाञ्चलबाट अन्नपूर्णका फणि महत र नागरिकका रामेश्वर कार्की, उपत्यकाबाट दि हिमालयन टाइम्सका कोकिला खड्का केसी र एजुकेशन पेजेजका रोशन क्षेत्री गाउँलेलाई प्रदान गरिएको छ ।
पश्चिमाञ्चलबाट नयाँपत्रिकाकी गगनशीला खड्का र दैनिकपत्रका शोभाखर पन्थी, मध्यपश्चिमाञ्चलबाट कान्तिपुर दैनिकका राजेन्द्र नाथ र नेपाल समाचारपत्रका धनबीर दाहाल, सुदूरपश्चिमाञ्चलबाट राजधानीका निमेन्द्र शाहीलाई प्रदान गरिएको छ ।
१५ हजार राशीको ’शिक्षा लेखनवृत्ति’ पूर्वाञ्चलबाट नागरिकका भोलाकुमार पासवान र  सप्तरी जागरिणका वैद्यनाथ यादव, मध्यमाञ्चलबाट नयापत्रिकाका  राजकुमार गोले, गोरखापत्रका नरेन्द्र सापकोटा  र नेपाल टेलिभिजनका मन्दिरा थापालाई प्रदान गरिएको छ ।
उपत्यकाबाट संयुक्त रुपमा कारोबारका वीरेन्द्र ओली,  कान्तिपुर एफएमका पार्वता चौधरी र हिमाल सइन्द्र राईलाई प्रदान गरिनेछ । त्यस्तै पश्चिमाञ्चलबाट गोरखापत्रका नवीनराज कुइकेल, बुटवल टुडेका कृष्ण खनाल र गोरखापत्रकै गोपीराम ज्ञवाली, मध्यपश्चिमबाट नागरिकका अर्जुन ओली र राससका हेमन्त केसी लाई प्रदान गरिएको छ ।
सुदूरपश्चिमबाट राससका मोहन विष्ट र नागरिकका रामबहादुर कुँवरलाई प्रदान गरिएको छ ।
त्यस्तै उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ’संस्थागत शिक्षा पत्रकारिता पुरस्कार पुर्वाञ्चलबाट गणतन्त्र एफएम, मध्यमाञ्चलमा रेडियो सिन्धुलीगढी, उपत्यकामा मेरो एफएम, पश्चिमाञ्चलमा रेडियो शालिग्राम, मध्यपश्चिमाञ्चलमा थारुभाषी एफएम, र सुदूरपश्चिमबाट संयुक्त रुपमा टीकापुर एफएम र नयाँ नेपाललाई प्रदान गरिएको छ । महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसमा २० हजार राशीको यो पुरस्कारका प्रदान गरेको हो ।
राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने ४० हजार राशीको ’संस्थागत शिक्षा पत्रकारिता पुरस्कार पत्रपत्रिकातर्फ नेपाल समाचारपत्र दैनिक  र टेलिभिजनतर्फ लुम्बिनी टेलिभिजनलाई दिइएको छ ।

२२ असोज २०७२, शुक्रवार १४:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु