११ औ साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, पुस १२ – भारतमा चलिरहेको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलमा आइतबार नेपालले आयोजक भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने सात बजेपछि केरलामा रहेको त्रिवेन्द्रम रंगशालमा हुनेछ । समुहको पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको नेपालका लागि बलियो प्रतिद्वन्द्वी भारतसँगको खेल जित्नै पर्ने दबाब छ । तीन टोली रहेको समुह ए बाट सेमिफाइनल प्रवेशका लागि नेपालले भारतलाई हराउनुको विकल्प छैन । समुहका एक एक खेल जितेका भारत र श्रीलंका बलियो अवस्थमा छन् । आइतबारको खेलमा भारतलाई हराउन सके नेपाल सेमिफाइनलमा प्रवेश गर्ने छ । भारत विजयी भए वा खेल बराबरीमा सकिएमा भारत र श्रीलंका सेमिफाइनलमा पुग्ने छन् । श्रीलंका समुहको अन्तिम खेलमा भारतसँग २–० ले पराजित भएको थियो । ६ पटकसम्म साफको उपाधि जितेको आयोजक भारत बलियो टोली हो । सन् २०१३ मा भएको साफको समुह चरण नेपालले भारतलाई २–१ ले हराएको थियो । त्यसपछि भारतसँग खेलेका कुनै पनि खेलमा नेपाल विजयी भएको छैन । सन् १९८५ देखि भारतसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपालले अहिलेसम्मका १६ खेलमा दुईमा जित, चारमा बराबरी र १० मा हार व्यहोरेको छ ।

१२ पुस २०७२, आइतवार ०७:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु