प्रधानमन्त्री ओली, माओवादीका अध्यक्ष दाहाल र मोर्चाका नेता राय बिच भेटवार्ता
काठमाडौं, पुस १२ –प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रामेश्वर राय संग छुट्टाछुट्टै भेटवार्ता गरेका छन ।
भेटवार्ताका क्रममा समसामयिक राजनितिक बिषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्रीसंगको भेटमा एकिकृत माओवादीका अध्यक्ष दाहालले उच्चस्तरीय राजनीतिक समितिका संंयोजकका हैसियतले विभिन्न राजनीतिक दलसँग भएका छलफल, मधेस केन्द्रित दलले उठाएका मागका सम्बन्धमा नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएका वार्ताबारे जानकारी गराउनुभयो ।
प्रधानमन्त्री र फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रायबीच मधेस केन्द्रित आन्दोलन र समस्या समाधानका सम्बन्धमा छलफल भएको छ । वरिष्ठ उपाध्यक्ष रायले तराई मधेसका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि आफु गम्भीरतापूर्वक लागिपरेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
प्रमुख दलहरुबिच अनौपचारिक छलफल पश्चात प्रमुख दलहरुको बैठक तयारी छ । संविधान संशोधन प्रस्तावमा आवश्यक ठाउँमा भाषागत र भावनागत परिमार्जन गरिए संसद् सुचारु गर्न आन्दोलनरत मोर्चा सकारात्मक भएको बताइएको छ ।
आन्दोलनरत मोर्चामा आवद्ध तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले आफूहरुको माग सम्बोधन भए संसद अबरोध नगर्ने बताउनुभयो ।
१२ पुस २०७२, आइतवार ०७:१० बजे प्रकाशित