तराईका २२ जिल्लामा मधेसी मोर्चाको लाठी जुलुस प्रदर्शन

काठमाडौं, पुस १५ – आन्दोलनत मधेसी मोर्चाले तराईमा लाठी जुलुस प्रदर्शन गर्दैछ । आफूहरुले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको भन्दै त्यसको विरोधमा बुधवार तराईका सबै जिल्लामा लाठी जुलुस प्रदर्शन गर्न लागेको हो ।   मधेसी मोर्चाले प्रदेशको सिमाकंन लगायत आफूहरुले उठाएका मद्दा सम्बोधन नगरी सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेर छलफल अगाडि बढाएको भन्दै लगातार संसदमा नाराबाजी गर्दै आएको छ । मोर्चाले प्रदेश सिमाकंनको विषयलाई टुंग्याएर मात्रै संविधान संशोधनको प्रस्ताव अघि बढाउनु पर्ने अडान राख्दै आएका छन् ।  तर प्रमुख दलहरुले सिमाकंनलाई निश्चित समयसीमाभित्र टुंग्याउने गरी संविधान संशोधनको प्रस्तावमा समर्थन गर्न आग्रह गर्दै आएका छन्।

१५ पुस २०७२, बुधवार ०३:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु