सरकार र प्रमुख प्रतिपक्षिको नेतृत्व जिल्ला दौडाहमा

काठमाडौं, पुस १५ – मधेस आन्दोलन र समस्या समाधानमा केन्द्रित हुनुपर्ने प्रमुृख दलका शिर्ष नेतृत्वहरु जिल्ला दौडाहमा लागेका छन । शिर्ष नेतृत्व नै राजधानी बाहिर रहने भएपछि मधेशी मोर्चाका मागका सम्बन्धमा साझा अवधारणा बनाउने दलहरुको प्रयास केही दिन धकेलिने भएको छ ।  सरकारले वार्ता आव्हान गरे छलफलमा बस्न तयार भएको आन्दोलनरत दलहरुले बताइरँदा प्रधानमन्त्रि केपी शर्मा ओली, प्रमुख प्रतपक्षि दल नेपाली कांग्रेस सभापति शुशील कोईराला लागायतका शिर्ष नेताहरु राजधानी बाहिर जाँदैछन ।  सरकारको नेतृत्वकर्ता र प्रमुख प्रतिपक्षि दलका नेतृत्व नै बाहिर हुनेभएपछि केहीदिन औपचारिक छलफलको वातावरण बन्ने देखिँदैन ।  दलहरुले आन्तरिक छलफल भैरहेको दाबी गरेपनि मोर्चासँगको निर्णायक वार्ताका लागि भने समय तोक्न सकिएको छैन ।  प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा जाँदै छन । इटहरी हुँदै भोली झापामा हुने बिभिन्न कार्यक्रममा सहभागी जान लागेका  प्रधानमन्त्रि ओली आज सुनसरीमा हुने एक कार्यक्रमा सहभागी हुनेछन । उनी भोली झापाको दमकस्थित आकाशेपुलको शिलान्यास, दमक नगरपालिका भवनको शिलान्यास, फोहोरमैला ब्यवस्थापन साईडको उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।  यस्तै नेपाली कांगे्रस सभापति शुसील कोइराला पनि आज स्याङ्जा जाँदै छन । कोईराला पार्टी कार्यालयको भवन सिल्यान्यास तथा भोली मेलमिलाप दिवसका अवशरमा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

१५ पुस २०७२, बुधवार ०३:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु