आजदेखि सवारी पास वितरण बन्द

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । बुधबार सूचना जारी गरि मन्त्रालयले विहीबारबाट लागू हुने गरी सवारी पास वितरण बन्द गर्ने निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा जारी सवारी पास बन्द गर्ने गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो ।
कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ । पछिल्लो २४ कोरोना भाइरसको संक्रमणका कारण करिब १ दर्जन मृत्यु भएको छ भने ४८४ जना संक्रमित थपिएका छन् ।
अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । त्यस मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएर घर फर्किएका छन् ।
सरकार साउन ५ गतेबाट १२० दिन लामो लकडाउन अन्त्यको घोषणा गरेपछि कोरोना सक्रमण ह्वात्तै बढेको छ ।
२८ साउन २०७७, बुधवार २१:५२ बजे प्रकाशित