भिक्षुणीहरुद्धारा सडक कुकुरको उपचार
काठमान्डौ, जेठ २७ । लिभ टु लभ इन्टरनेशनल र परम पावन धर्म गुरु ग्यालवाङ ढ्रुक्पा रिन्पोचेको सहयोगमा नार्गजुना नगरपालिका – ६, रामकोट काठमाण्डौमा रहेको ढ्रुक अमिताभ माउन्टेन (सेतो गुम्बा) का भिक्षुणीहरु र योङ ढ्रक्पा एसोसिएसन नेपालको संयुक्त आयोजनामा स्वयाम्भु, सितापाईला, आद्धेश्वर, गैरीगाँउ र ठुलो भ-र्याङ क्षेत्रमा २१२ ओट सडक कुकुरको उपचार र उद्धार गरियो ।
कुकुरहरुलाई रेबिजको सुई र लुतोको औषधी लगाएको थियो । यस क्षेत्रमा सडक कुकुरको भविष्यमा अरु संख्या नबढोस् भनेर केहि कुकुरहरुको स्थाई बन्धकरण समेत गरिएको थियो ।
यस क्षेत्रमा दिन दिनै सडक कुकुरहरुको संख्या बढेर सडकमा हिडने मानिसहरुलाई टोक्ने र राति धेरै भुकेर सानो बाल बालिकाहरुलाई रति सुत्न समेत बाधा पारेको थियो ।
आगमि दिनहरुमा पनि सडक कुकुरको उपचार र उद्धार गर्ने कार्य निरन्तर जारी राख्ने र स्रोत र साधनले भ्याए सम्म यस कार्यलाई काठमाण्डौको अन्य ठाउँहरुमा पनि गर्ने कुराको जानकारी भिक्षुणी तेन्जीले दिए ।
यस कार्यले सडक कुकुरहरुको संख्यामा कमि आउने विश्वास समेत व्यक्त गरे ।
२७ जेठ २०७४, शनिवार ०३:२८ बजे प्रकाशित













